बच्चा जन्माउन स्वास्थ्य संस्था पुग्दैनन् सिंजाका महिला
आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य संस्था वा प्रसुती गृहमै गर्भवती महिला सुत्केरी हुनु पर्ने सरकारको नीति रहेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गर्नका लागि प्रोत्साहन गर्नका लागि सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन पनि गरेको छ । तर स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई ल्याउनका लागि सडक र एम्बुलेन्सको पहुँच नहुदा सिंजा गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर वडाका महिला घरमै सुत्केरी हुने गरेका छन् ।
यी दुई वडा सिंजाका दुर्गम स्थानमा पर्दछ । सिंजामा दुई वडामा कच्ची सडकका ट्रयाक खोलिएका भएपनि सवारी साधान आवतजावत गर्न मिल्ने सडकको स्तरोन्नति नभएको स्थानीय धनकली बुढा बताउँछन् । उनले भने यहाँका नागरिक विरामी पर्दा र गर्भवती महिलाले निकै दु:ख खेप्ने गरेका छन् । शनिगाउँ स्वास्थ्य चौकीका इन्चार्ज रमेश रावलका अनुसार गएको आर्थिक ०७८÷०७९ मा ५ र ६ वडाका २६ जना गर्भवती महिला घरमै सुत्केरी भएको तथ्यांक सार्वजनिक भएको छ ।
रावलले भने शनिगाउँ स्वास्थ्य चौकीको प्रसुती गृहमा ६८ जना र ६ नम्बर वडा स्थित दाँत प्रसुती गृहमा २४ जना गर्भवती महिला सुरक्षित सुत्केरी भएका छन् । ११ जना २० वर्ष मुनिका सुत्केरी भएको देखिन्छ ।
सरकारले स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउनका, शिशुको मृत्युदर घटाउन प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तो सुविधा उपभोग गर्नका लागि पनि गर्भवती महिला सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा आउन प्रेरित छन् । तर भिरालो ठाडो भुगोल भएका कारण आवतजावतमा समस्याले घरमै सुत्केरी हुने गरेका छन् । गएको आर्थिक वर्षमा यी दुई वडाका ९२ जना सुत्केरी महिलाले प्रोत्साहन भत्ता पाएका छन् । तीन हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र प्रोटोकल अनुसार ४ पटक गर्भ चेकजाँच गरेबापत ८ सय रुपैयाँ प्रत्येक सुत्केरी महिलाले प्राप्त गरेको इन्चार्ज रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण