भारतीय राजदूतावासद्वारा मुगाली बौद्धमार्गी सेवा संघलाई एम्बुलेन्स सहयोग
बिहीबार, ०५ साउन २०७९, १० : २९
भारतीय राजदूतावासले मुगाली बौद्धमार्गी सेवा संघ जुम्लालाई एउटा एम्बुलेन्स सहयोग गरेको छ। संघको ७५ औँ वर्षगाँठका अवसरमा एम्बुलेन्स प्रदान गरिएको हो।
नेपाल -भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरूप एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ। मुगाली बौद्धमार्गी सेवा सघं जुम्लाका सल्लाहकार कार्मा बुढाका अनुसार अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी छन् । एम्बुलेन्स प्राप्त भएपछि सबैले अव छिटो र सहज उपचार पाउने विश्वास उनले व्यक्त गरे ।
संघका अध्यक्ष नोर्बु तामाङले एम्बुलेन्सको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको भारतीय राजदूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण