कर्णाली प्रदेशसभा बैठक : अझै भएन दलीय सहमति
सोमबारदेखि अवरुद्ध भएको कर्णाली प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन । सत्तारुढ दलहरूबीच एकले अर्कोलाई असहयोग गरेको भन्दै भएको अवरोध तीन दिन बितिसक्दा पनि समाधानतर्फ उन्मुख हुन सकेको छैन ।
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले बुधबार बिहान आफ्ना माग पुरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने निर्णय गरिसकेको छ । यो निर्णयले सदनभित्रका काम प्रभावित भएका छन् । सत्तारुढ दलभित्र असहमति भएपछि माओवादी सदनबाट बाहिरिएको थियो ।
बुधबार दिउँसो सभामुख राजबहादुर शाहीले दलीय सहमतिका लागि बोलाएको बैठकमा सहमति हुन सकेन । अर्को बैठक कहिले बस्ने विषयमा समेत टुंगो लागेको छैन । नेपाली काँग्रेसका जीवनबहादुर शाही नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको बलमा मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री सत्तासाझेदार दलहरूसँग कुनै पनि सरोकार सम्बन्ध नराखी एकलौटी तरिकाले अगाडि बढ्दा समस्या आएको माओवादी केन्द्र संसदीय दलकी सचेतक कृष्ण शाहको आरोप छ ।
माओवादीको भागमा परेको विषयगत समितिमा नियुक्ति लगायतका अन्य कुरामा ध्यान नदिएर राजनीतिक रुपमा असहयोग गरेको शाहको भनाइ छ । अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको भन्दै सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्रिज गराएको माओवादी भनाइ छ ।
सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व बिहिन बनेको, शान्ति पुनस्र्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लागयतका महत्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचीमा पर्न नसकेको माओवादीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण