सभामुख अर्याल र युएईका विदेश व्यापार मन्त्रीबिच भेटवार्ता
सारांश
- सभामुख देवप्रसाद अर्यालसँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश व्यापार मन्त्री महामहिम डा. थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
- भेटमा सभामुख अर्यालले भ्रमणले नेपाल-युएई सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
- युएईका विदेश व्यापार मन्त्री जेयोउदीले नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको र नेपाली श्रमिकको योगदानको प्रशंसा गरे ।
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश व्यापार मन्त्री महामहिम डा.थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा सभामुख अर्यालले वर्तमान संसद् गठन भएपछि युएईको तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै भ्रमणले नेपाल–युएई सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र सहकार्यका नयाँ आयामहरू खुल्ने विश्वास व्यक्त गरेको सभामुखको सचिवालयले जनाएका छ ।
त्यस्तै, युएईका विदेश व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेयोउदीले नयाँ सरकार गठनपछि आफ्नो पहिलो भ्रमण रहेको उल्लेख गर्दै भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि युएई सरकार सकारात्मक रहेको र प्रविधि, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको जेयोउदीको भनाइ थियो ।
मन्त्री जेयोउदीले युएईको विकासमा नेपाली श्रमिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाल–युएई सम्बन्धलाई थप उचाइमा पुर्याउन दुवै देशबिचको सहकार्य अझ विस्तार गरिने विश्वास व्यक्त गरे ।
मन्त्री अल जेयोउदीसहित १८ सदस्यीय प्रतिनिधिमण्डलले सभामुख अर्यालसँग भेट गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण