कालिकोट हाईस दुर्घटना अपडेट : एकको मृत्यु, नौ जना घाइते
बिहीबार, ०५ साउन २०७९, १८ : ३७
बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईसमा झण्डै २० जनाजति सवार रहेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मृत्युमा हाईसका सहचालक भनिएपनि पुष्टि भने हुन सकिएको छैन ।
गाडी मान्मा– नाग्मतर्फ जाँदै थियो । मृतक र घाइतेहरुको नाम पुष्टि नभएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट रिफर गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
-
शृङ्खलाबद्ध जनविरोधी कामले बालेन सरकार नाङ्गिँदै छ : नेकपा एमाले
-
जर्मनीमा गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु
-
ऐन महरले संसद्मै लगाए ‘मुर्दावाद’ को नारा
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओका लागि १६ जनाको आवेदन
-
ज्ञानबहादुर शाहीको प्रश्न– काठमाडौँ अर्बपतिको मात्रै हो कि गरिबको पनि ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण