माओवादीले संसद बहिस्कार गर्दा मैले चुनौती मानेको छैनः मुख्यमन्त्री शाही
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारमा देखिएको समस्याले आफूलाई कुनै चुनौती नभएको टिप्पणी गरेका छन् । गठबन्धनभित्रकै प्रमुख दल नेकपा माओवादी केन्द्रले संसद वहिस्कारको विषयलाई लिएर उनले यस्तो बताएका हुन् ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित ४० औं बीपी स्मृति दिवसको अवसरमा बोल्दै उनले भने, ‘म भाग्यमानी मान्छे हुँ, गठबन्धनकै नेताहरुले संसद बहिस्कार गरेर हिँड्ने, अनि म हाँसेर बस्ने । संसारका यस्तो कहिँपनि छैन ।’ साथै उनले काँग्रेस कार्यकर्तालाई यो विषयलाई चुनौतीमा रुपमा नलिन सम्झाए । उनले भने, ‘तपाईंहरु चुनौती भन्नुहुन्छ ? मलाई त्यस्तो चुनौती केही पनि छैन । मैले यसलाई चुनौती नभइ अवसरको रुपमा लिएँ । दिन आए रात आउँछ रात आए दिन आउँछ ।’
उनले चुनावको समयमा माओवादीले पैसा बाँड्ने गरेको टिप्पणी गरे । तर काँग्रेसले पैसा दिएर भोट किन्न नचाहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण