एमाले कर्णाली प्रादेशिक कार्यालयको उद्घाटन
शनिबार, ०७ साउन २०७९, १२ : ४२
नेकपा एमालेको कर्णाली प्रदेश प्रादेशिक कार्यालय उद्घाटन गरिएको छ । शनिबार एमाले महासचिव शंकर पोखरेलले सो कार्यालयको उद्घाटन गरेका हुन् । प्रादेशिक कार्यालय प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको छ । उद्घाटन कार्यक्रममा प्रदेश तहका सम्पूर्ण नेताहरुको उपस्थित रहेको थियो ।
महासचिव पोखरेलले आज कार्यकर्तालाई वृहत प्रशिक्षण दिने कार्यक्रम रहेको छ । वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको उक्त कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालसहितका नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । दाहालले रातोपाटीसँग कुरा गर्दै आफु पार्टी प्रवेशका लागि कार्यक्रम स्थलतर्फ जान लागेको बताए । साथै उनले आफ्नो टीम नै प्रवेश गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण