इरानमा फेरि दिन थालियो सार्वजनिक मृत्युदण्ड
आइतबार, ०८ साउन २०७९, १० : २५
इरानले दुई वर्षमा पहिलो पटक सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक गैरसरकारी संस्थाले जनाएको छ । इस्लामिक गणतन्त्रमा बढ्दो दमनलाई लिएर चिन्ता बढिरहेका बेला शनिबार उक्त मृत्युदण्ड दिइएको इरान ह्युमन राइट्सले जनाएको छ ।
दक्षिणी सहर शिराजमा सन् २०२२ को फेब्रुअरीमा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका इमान सब्जिकरलाई फाँसी दिइएको नर्वे स्थित उक्त अधिकार समूहले जनाएको हो ।
इरानी सरकारी सञ्चार माध्यमहरूले उनको मृत्युदण्डको बारेमा रिपोर्ट गरेको र दोषीलाई सब्जिकरको रूपमा पहिचान गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ‘सार्वजनिक रूपमा यो क्रुर दण्ड पुनः सुरु गर्नु भनेको मानिसहरूलाई धम्की दिनु हो’, आईएचआरका निर्देशक महमुद अमिरी–मोगद्दमले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण