शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इरानमा फेरि दिन थालियो सार्वजनिक मृत्युदण्ड

आइतबार, ०८ साउन २०७९, १० : २५
आइतबार, ०८ साउन २०७९

इरानले दुई वर्षमा पहिलो पटक सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक गैरसरकारी संस्थाले जनाएको छ । इस्लामिक गणतन्त्रमा बढ्दो दमनलाई लिएर चिन्ता बढिरहेका बेला शनिबार उक्त मृत्युदण्ड दिइएको इरान ह्युमन राइट्सले जनाएको छ । 

दक्षिणी सहर शिराजमा सन् २०२२ को फेब्रुअरीमा  एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका इमान सब्जिकरलाई फाँसी दिइएको नर्वे स्थित उक्त अधिकार समूहले जनाएको हो । 

इरानी सरकारी सञ्चार माध्यमहरूले उनको मृत्युदण्डको बारेमा रिपोर्ट गरेको र दोषीलाई सब्जिकरको रूपमा पहिचान गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ‘सार्वजनिक रूपमा यो क्रुर दण्ड पुनः सुरु गर्नु भनेको मानिसहरूलाई धम्की दिनु हो’, आईएचआरका निर्देशक महमुद अमिरी–मोगद्दमले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप