शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

दैलेखमा कोदो गोड्ने क्रममा चट्याङ लागेर १२ जना घाइते

आइतबार, ०८ साउन २०७९, १८ : २६
आइतबार, ०८ साउन २०७९

दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोट भन्ने ठाउँमा आइतबार दिउँसो आएको वर्षासहितको चट्याङले १२ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहका अनुसार कोदो गोड्ने क्रममा आएको वर्षासहितको चट्याङ लागेको थियो । ‘चट्याङले कसैको हात जलेको छ । कसैको आँखामा चोट लागेको छ,’उनले भने,‘ घाइतेहरूलाई जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी भइरहेको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप