बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर

सोमबार, ०९ साउन २०७९, ०६ : ०८
सोमबार, ०९ साउन २०७९

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप