गृहको सर्वेक्षण : एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !
संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो ।
गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ ।
एक्ला एक्लै निर्वाचनमा गए काँग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ । त्यसैगरी एमालेले ७० सिट र माओवादीले ८ सिट जित्ने रिपोर्ट निकालिएको छ ।
मन्त्रालयले यसको अलवा अर्को रिपोर्ट पनि बनाएको छ । सो रिपोर्टअनुसार माओवादी केन्द्र जता मिल्यो उतै भारी बहुमत आउने देखिएको छ । एमाले र माओवादी मिल्दा करिब दुई तिहाइ बहुमत आउने तथ्यांकले देखाएको छ । एमाले र माओवादी मिल्दा १४५ सिट आउने र काँग्रेस र माओवादी मिल्दा १०९ सिट मात्र जित्ने सो तथ्यांकले देखाएको छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण