कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द
जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावका कारण उद्योग बन्द भएको हो ।
महिनौंदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्। चिनियाँ भेडाको उनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुदै आएको थियो।
अहिले बजारमा माग धेरै भएपनि कोभिडपछि कच्चा पदार्थ संकलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको उनी बताउँछिन्। बिगत २ वर्षदेखि उद्योगको काम ठप्प छ। जुम्ली भेडाको कालो र सेतो उनबाट बन्ने सामग्रीको माग पनि बढ्दो छ। तर जुम्ली भेडाको उन छोटो हुने भएकाले अलि झन्झटिलो छ। चीनबाट आउने उन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने उनले बताईन्।
चन्दननाथ नगरपालिका २ निवासी तामाङले लोपोन्मुख राडीपाखी बेचेरै बार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएकी थिइन्। वर्षमा कच्चा पदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी २० लाखको कारोबार हुने गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण