आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पानी नपरेपछि देवतालाई मनाउन पुरानै संस्कार

मङ्गलबार, १० साउन २०७९, ०९ : ४१
मङ्गलबार, १० साउन २०७९

पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुरुषहरूले महिलाको पोशाक लगाउने र महिलाहरुले पुरुषको पोशाक लगाएर गाईया बेहेर्न अर्थात गाई छेक्ने चलन छ । 

देवताहरूलाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिहरूको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै पश्चिम तराईका थारु समुदायका मानिसहरुले पनि बर्खा लगाउनका लागि पानी नपरेपछि अनेक खालका पूजा गर्ने गरेका छन् । यो वर्ष असार महिनाभर पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलन अपनाएका हुन् । 

महिलाहरुले पुरुषहरूको पोशाक लगाउने र पुरुषहरूले महिलाको पोशाक लगाएर आफ्नो छिमेकी गाउँमा गइ गोरु,भैँसी बन्दक बनाएर ल्याउने र त्यस गाउँका मानिसहरुले आफ्नो बन्धक बनेका गोरु, भैँसी छुटाउन आएपछि आफ्नो मौलिक भाषामा गीत गाएर छुटाउने परम्परा रहेको बैजनाथ गाँउपालिका ६ पेडारीका सुनिता थारूले बताइन् । 

उहाँले पानी नपरेका कारण यस्तो पुरानो संस्कृति र प्रचलन अपनाइएको बताइन् । पहिलाको समयमा धानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा शुरु हुन्थ्यो । तर अहिलेको समयमा अन्तिम विकल्प नभएपछि यो परम्परागत प्रचलनमा इन्द्र देवलाई पूजा गर्ने गरेको राप्ती सोनारी गाँउपालिका ४ का फट्टु थारुले बताउँछन्।

यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र पानी पर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको विश्वास राख्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप