हेटौंडाकी मेयर लामाको सम्पत्ति : १५ तोला सुन
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन रहेको उल्लेख छ ।
मेयर लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग पारिश्रमिक बापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौंडा शाखामा रहेको जनाइएको छ ।
नेकपा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्षसमेत रहेकी मेयर लामा गत बैशाख ३० गते भएको निर्वाचनमा सत्ता गठबन्धनबाट हेटौंडाको मेयरमा निर्वाचित भएकी हुन् । त्यस अघि उनी पहिलो स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको उपमेयर थिइन् ।
मेयर लामाले सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिक बाहेक थप २० हजार बैंक मौज्दात रहेको जनाइएको छ । मेयर लामाले श्रीमान् सुन बहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनका श्रीमान् सुन बहादुर लामा भने व्यवसायी हुन् ।
उनले श्रीमान्को नाममै ४० लाख बराबरको ट्याङ्कर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले ससुरा कान्छा लामाको नाममा हेटौँडा–१ चाइना क्वाटरमा ११ धुर घडेरी, सासु सानुमैयाको नाममा सवा १० धुर घडेरी र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको उल्लेख गरेकी छिन् ।
त्यस्तै मेयर लामाले छोरा सुमित लामाको नाममा २ लाख ५० हजार बराबरको एउटा मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण