प्लेनको खानामा सर्पको टाउको भेटिँदा
टर्किस एयरलाइन्स कम्पनीको सनएक्सप्रेसकी एक कर्मचारीले आफ्नो खानामा सर्पको टाउको भेटेकी छिन् । सर्पको टाउको पनि त्यतिबेला भेटियो जब उनले आफ्नो धेरैजसो खाना खाइसकेकी थिइन् ।
गत हप्ता टर्कीबाट जर्मनी जाँदै गरेको विमानमा खानामा सर्पको टाउको भेटिएको हो । जुलाई २१ तारिखमा विमानका कर्मचारी टर्कीको राजधानी अंकाराबाट जर्मनीको डसेलडोर्फ जानका लागि बिहानैदेखि आफ्नो कार्यक्षेत्रमा खटिएका थिए ।
उडिरहेकै बेला चालक दलका सदस्य ब्रेकफास्ट गर्न बसे । यसमा ड्रिङ्क, सलाद, ब्रेड रोल र हरियो सागको तातो झोल समावेश थियो ।
विमान परिचारिकाले आफ्नो खानामा सर्पको काटिएको टाउको भेट्टाउँदा उनले आफ्नो आधा खाना खाइसकेकी थिइन् ।
सलाद र सागको बीचमा सर्पको टाउको थियो । उक्त सर्पको टाउको ठूलो अंगुरको आकारको थियो ।
सन एक्सप्रेसले क्याटरिङ कम्पनीसँग सम्झौता रद्द गरेको जानकारी दिएको छ । एयरलाइन्सका प्रवक्ताले भनेका छन्, ‘हाम्रो ग्राहकलाई विमानभित्र प्रदान गरिने सेवा उच्च गुणस्तरको होस् भन्ने हाम्रो चाहना हो । यसका साथै हाम्रा ग्राहक र कर्मचारी दुबैले सहज र सुरक्षित उडानको अनुभव गराउने हाम्रो उच्च प्राथमिकतामा पर्छ ।’
Severed snake head found in a Sunexpress in-flight meal.
— Handy Joe (@DidThatHurt2) July 26, 2022
The flight was enroute to Düsseldorf from Ankara when a cabin crew member, who had eaten most of the meal, found it.
Dead snails have previously appeared in the airline’s flight meals.
A company providing catering suspended pic.twitter.com/nAgg2wSUIK
‘विमानभित्र प्रदान गरिने खानाबारे जे जति समाचार प्रकाशित भइरहेका छन्, त्यो पूर्ण रुपमा अस्वीकार्य छ र यसबारे विस्तृत अनुसन्धान थालिएको छ ।’
‘अनुसन्धान प्रक्रिया टुङ्गो नलागेसम्म सम्बन्धित उत्पादनको आपूर्ति रोक्नेलगायतका सबै उपायहरु तुरुन्त अवलम्बन गरिएको छ ।’
यता क्याटरिङ कम्पनीले उक्त घटनामा आफूहरुको कुनै पनि दोष नभएको र खाना फ्याक्ट्रीबाट बाहिरिएपछि यसमा सर्पको टाउको राखिएको हुनसक्ने आशंका व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण