आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, ११ साउन २०७९, ०६ : १२
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती पनि देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उक्त भू-भागहरुमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण