शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति  राजापाक्षे सिङ्गापुरबाट स्वदेश फर्किन सक्छन्ः मन्त्रिपरिषद्का प्रवक्ता

बुधबार, ११ साउन २०७९, ०६ : ५७
बुधबार, ११ साउन २०७९

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे कही नलुकेको र उनी  सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताएका छन् ।

सन् १९४८ पछिकै सबैभन्दा खराब आर्थिक संकटलाई लिएर महिनौंदेखि चलेको आन्दोलनसँगै प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेपछि ७३ वर्षीय गोटाबाया जुलाई ९ मा दरबारबाट गोप्य स्थानमा लुकेका थिए । उनी पहिलो पटक जुलाई १३ मा माल्दिभ्स भागेका थिए र त्यसको भोलिपल्ट सिंगापुर गएका थिए ।

मन्त्रिपरिषद्को साप्ताहिक मिडिया ब्रिफिङमा गोटाबाया राजापाक्षेको बारेमा सञ्चारकर्मीले सोधेको एक प्रश्नमा मन्त्रिपरिषद्का प्रवक्ता रन्डुला गुणवर्द्धनाले पूर्वराष्ट्रपति नलुकेको र  उनी सिङ्गापुरबाट फर्कने अपेक्षा गरिएको बताए । 

यातायात, राजमार्ग तथा आमसञ्चार मन्त्रीसमेत रहेका रन्डुला गुणवर्द्धनाले पूर्वराष्ट्रपति देश छोडेर भागेको र लुकेर बसेकोमा आफूलाई विश्वास नलागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप