कर्णालीमा एमालेले बनायो ३५ सदस्यीय सचिवालय, विभिन्न विभागको जिम्मेवारी बाँडफाँट (सूचीसहित)
कर्णालीमा नेकपा एमालेले प्रदेश कमिटी र विभिन्न विभागलाई पूर्णता दिएको छ । गत साउन ७ र ८ गते बसेको प्रदेश कमिटीको बैठकले ३५ सदस्यीय प्रदेश सचिवालय, जनसंगठन, जनसंगठन समन्वय संयन्त्र र अन्य विभागलाई पूर्णता दिएको हो ।
पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले पार्टी स्कुल विभागको प्रमुखमा प्रदेश अध्यक्षसमेत रहेका विनोद कुमार शाह र उपप्रमुखमा ताराकेशर गौतमलाई जिम्मेवारी दिएको छ । यस्तै निर्वाचन विभाग प्रमुखमा कर्णबहादुर शाही, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा सूर्यमणी गौतम, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा टेकराज पछाई, स्थानीय विभागको प्रमुखमा लालबहादुर रावत र सहकारी विभागको प्रमुखमा हरिहरनाथ योगलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठनहरूमा अखिल नेपाल किसान महासंघको इन्चार्जमा सूर्यबहादुर शाही, सह–इन्चार्जमा नवेन्द्र नेपाली, अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघको इन्चार्जमा खड्क प्रसाद भट्टराई, पेशागत महासंघको इन्चार्जमा शिव सापकोटा, नेपाल उद्योग तथा व्यवसायी महासंघको इन्चार्जमा खड्क खत्री, अनेरास्ववियुको इन्चार्जमा रुद्र शाही, प्रेस चौतारी नेपालको इन्चार्ज सूर्यमणी गौतमलाई जिम्मेवारी दिएको छ ।
यस्तो छ प्रदेश कमिटीको सूची:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण