मंगल ग्रहमा फेला पर्यो नुडल जस्तो वस्तु
बिहीबार, १२ साउन २०७९, ०९ : १८
नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो बस्तु फेला पारेको छ । उक्त वस्तु सन् २०२१ को फेब्रुअरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा काम गर्न प्रयोग गरिएको तत्वको अवशेष भएको अनुमान गरिएको छ ।
समाचार संस्था एएफपीले नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताको भनाइ उदृत गर्दै लेखेको छ, ‘हामीले यो कहाँबाट आएको हो भनेर छलफल गरिरहेका छौँ । यो प्यारासुटको डोरीको टुक्रा वा रोभरलाई जमिनमा झर्ने ल्यान्डिङ प्रणालीबाट आएको अनुमान छ ।’
उनले अगाडि भने, ‘हामीसँग यो एक वा अर्को हो भन्ने प्रमाण छैन ।’ भग्नावशेषको बन्डल पहिलो पटक रोभरको अगाडिको बायाँ जोखिम बचाव क्यामेराले जुलाई १२ मा फेला पारेको थियो । तर चार दिनपछि पर्सेभरेन्स त्यही स्थानमा फर्किएपछि त्यो हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण