त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन
बिहीबार, १२ साउन २०७९, ०९ : ३०
त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा–काठमाडौतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–१ भैसे–हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो ।
आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
हेटौंडाबाट गएका र भैसेतर्फबाट आएका सयौँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । उक्त सडकखण्डमा झण्डै सात घण्टा यातायात अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण