एमालेको संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति कुण्ठित गर्न संसदमा माग
जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले एमालेका सांसदले संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले एमालेका नेतृत्वले संसदमै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । यस्ता अभिव्यक्तिलाई निरुत्साहित र कुण्ठित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग सांसद साहले रुलिङको माग गरे ।
‘विगतदेखि नै एमालेका नेतृत्वको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरोधी संसदमा अभिव्यक्ति दिइरहेका छन् । गणतन्त्रमा पनि यस्ता आवाज उठ्दा सभामुखले रुलिङ गरेर संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरोधी आवाजलाई कुण्ठित गर्नुपर्छ,’ संसद बैठकमा सांसद साहले भने ।
धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र विरोधी गतिविधिमा संलग्न भएको भन्दै उनले ४ कात्तिक २०७७ मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारतीय रअ प्रमुख सामन्त गोयललाई किन भेट्नु परेको भन्दै प्रश्न गरे ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हैसियत नमिल्ने गोयललाई ओलीले भेट्नुको कारण खोज्दै उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षविरुद्ध उठ्ने आवाजलाई रोक्नुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण