शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नागढुङ्गाबाट बिल बिनाको १३५ बोरा रासायनिक मल बरामद

शुक्रबार, १३ साउन २०७९, १२ : ४५
शुक्रबार, १३ साउन २०७९

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बिल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ । ना ६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ । 

ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ । वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल बिनाको उक्त रसायनिक मल फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई बरामद मल र ट्रक सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप