एक कल फोन गर्न दुई घण्टा पैदल यात्रा
जुम्लाको गुठीचौर गाउँपालिकाको केही बस्तीका नागरिकले अहिलेसम्म सहजै रुपमा फोन गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि एक कल फोन गर्न दुई घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ ।
गुठीचौर गाउँपालिका वडा नम्बर एक भित्र पर्ने दुई बस्तीमा टावरले काम गर्दैन । नालापानी र चोत्रा गाउँमा टावरले कामै नगरेको स्थानीय चन्द्रिका बस्नेतले बताइन् । उनले भनिन् -'गडिगाँउ, डिल्लीकोट र मणिसाघुँमा राम्रोसँग काम गर्छ, तर नालापानी र चोत्रा गाउँमा टावर नै देखाउँदैन।'
गाउँबासी घण्टौँ हिँडेर टावर भएको ठाउँमा वा अग्लो डाँडामा फोन गर्न पुग्छन् । फोनमा आफन्तसँग कुरा गर्नुपरे दुई घण्टाको समय छुट्याएर घरबाट हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।
टावरको क्षमता अभिवृद्धि गर्न सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि काम हुन नसकेको स्थानीयले बताए। यता १ नम्बर वडा अध्यक्ष अर्जुनकुमार महताराले स्थानीयलाई सञ्चारको पहुँचमा पुर्याउन पहलकदमी भइरहेको बताए । वडा बाट टावरको क्षमता अभिवृद्धि गरिदिन भन्दै नेपाल टेलिकम शाखा जुम्लालाई सिफारिस पत्र पठाइ सकेको बताए । नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले स्थानीयको माग पूरा गर्न लागि पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण