पर्सामा राष्ट्रिय भूमि आयोगद्वारा काम सुरु
राष्ट्रिय भूमि आयोगले पर्साका अधिकांश पालिकामा जग्गा व्यवस्थापनका लागि काम थालेको छ । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले जिल्लाका अधिकांश पालिका काम अघि बढाएको हो ।
राष्ट्रिय भूमि आयोगले दोस्रो चरणमा जिल्लाको पोखरिया नगरपालिकासहित पकहा मैनपुर, पटेर्वासुगौली, जगरनाथपुर, विन्दवासीनी र सखुवाप्रसौनी गाउँपालिका काम अघि बढाएको हो । पहिलो चरणमा जिल्लाको वीरगञ्ज महानगरपालिका, पर्सागढी, बहुदरमाई नगरपालिका र ठोरी गाउँपालिकामा अघि बढाएको थियो ।
भूमिहीन, सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी सङ्कलन गर्नेलगायतका बारेमा ती पालिकाका जनप्रतिनिधिको आयोगको काम कर्तव्य र अधिकारसहित काम अघि बढाइएको छ । भूमिसम्बन्धी कामको सहजताका लागि ती पालिकामा सेवा केन्द्र सहजीकरण समिति गठन गर्ने र नगरपालिकामा सेवा केन्द्रको स्थापनाका लागि काम अगाडि बढाइएको आयोगको पर्सा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण