जसपाले गठन गर्यो निर्वाचन अभियान तयारी समिति
जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ । सो अभियान समितिमा सातवटै प्रदेशका प्रतिनिधि समावेश रहेका छन् ।
समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, वागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापामगर, लुम्बनी प्रदेशबाट मनिका कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भिम थापा र हेमन्त मान्दव्य रहेका छन् भने सचिवालय सचिवमा सीपी सिंहलाई राखिएको छ ।
उनीहरु सबैजना केन्द्रीय सदस्यहरु हुन् । अगामी चुनावमा जोजो चुनाव लड्दैनन् ती व्यक्तिहरुलाई यो समितिमा राखिएको बताइएको छ । प्रत्यक्ष चुनाव नलड्ने तथा अधिकांश समय काठमाडौँ रहने नेतालाई सो समितिमा राखिएको छ । पार्टीले तयार गरेको निर्वाचन समिति निर्देशिकालगायत अन्य निर्णयहरुलाई कार्यान्वयन गर्नुको साथै पार्टीको तर्फबाट निर्वाचन आयोगसँग समन्वय गर्ने काम यही समितिले गर्ने समितिका सचिवालय सचिव सीपी सिंहले बताए ।
चुनाव सम्बन्धी रणनीति बनाउनुको साथै जिल्ला तथा प्रदेशमा रहेका जिल्ला समितिका सदस्यहरु दक्ष बनाउनका लागि उनीहरुलाई तालिम दिनुको साथै निर्वाचनमा प्रचार प्रसारका डकुमेन्ट तयार पार्नुको साथै निर्वाचनका लागि चाहिने अन्य दस्तावेजहरु यही समितिले तयारी पार्ने उनले बताए । अर्थात निर्वाचनका विषयमा हुने हरेक गतिविधिमा यो समितिको संलग्नता हुने, देखिएका समस्या समाधान गर्ने जस्ता काम यो समितिले गर्ने उनले बताए ।
समितिको कार्यविधि तयार गर्ने काम भइरहेको छ । केही दिनमा यसको सम्पूर्ण विषय बाहिर आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण