रसुवामा सम्बन्धविच्छेद बढ्दो
हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ । रसुवा जिल्ला अदालतमा गत आवमा दायर भएका देवानी तथा फौजदारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदको रहेका छन् ।
विगत वर्षमा २९ जोडीले सम्बन्धविच्छेद गराएका थिए । गत आवमा यो सङ्ख्या बढेर ३५ पुगेको छ । विगतको तुलनामा गत वर्ष सम्बन्धविच्छेदको सङ्ख्या २० दशमलव ६८ प्रतिशतले वृद्धि भएको रसुवा जिल्ला अदालतले जनाएको छ ।
यस्तै जिल्ला अदालतमा जबर्जस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण, जग्गा खिचलोजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए । विगतको जिम्मेवारी सरेका र गत वर्ष दायर भएका समेत ९९ मुद्दा विचाराधीन रहेकोमा ५९ थान फछ्र्योट भइसकेको बताउँदै अदालतका श्रेस्तेदार (उपसचिव) मुना अधिकारी ढकालले ४० वटा फैसला प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिइन् ।
जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले छिटो छरितो मुद्दा फैसला गर्ने गरेका कारण न्याय सम्पादन अन्तर्गत गत असार मसान्तसम्ममा सुधार आएको अदालतका कर्मचारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण