खजुरा गाउँपालिकाले मानव बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्ने
मानव बेचबिखनको विरुद्ध बाँकेको खजुरा गाउँपालिकाले अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष डम्बर विकले समुदायमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, हराएका तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाको खोजतलासलाई तीव्रता दिने, आवासीय विद्यालयलाई उद्धार गरिएका बालबालिका राख्ने वातावरण मिलाउनेलगायतका तयारी गाउँपालिकाले गरेको बताए ।
उनले भने “मानव बेचबिखनको जोखिममा रहेका र पीडित तथा प्रभावित परिवारलाई रोजगारीको पहिचान गरी रोजगार दिने काम पनि गाउँपालिकाबाट आगामी दिनमा गरिने छ । ” खजुरामा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले खजुरा मानव बेचबिखनको उच्च जोखिममा रहेको जनाएको छ । गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले अभियानले मानव बेचबिखन जोखिम हुन नदिन सहयोग पुग्ने बताए ।
माइती नेपाल नेपालगञ्जको तथ्याङ्कानुसार बाँके जिल्ला लुम्बिनी प्रदेशमै मानव बेचबिखन जोखिम हुने प्रमुख जिल्लाका रूपमा परेको छ । जिल्लामा बितेको एक वर्षमा हराएका महिलाको खोजतलासका लागि एक सय ३१ जनाको निवेदन परेकामा ४९ फेला परेको सो सस्थाले जनाएको छ ।
फेला परेका ११ जनालाई माइती नेपालले उद्धार गरिसकेको छ । यसमा कोहलपुरका एक, बैजानाथका दुई, खजुराको एक र नेपालगञ्जको एक गरी बाँकेका पाँच जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण