पाँच वर्षअघि खाएको स्यान्डविचले गर्दा अहिलेसम्म आइरह्यो अनियन्त्रित पाद, कम्पनीविरुद्ध मुद्दा दर्ता
बेलायतका एक व्यक्ति सन् २०१७ को डिसेम्बरमा क्रिसमसको अवसर पारेर परिवार भेट्न गएका थिए । त्यतिबेला उनले क्रिसमस मार्केटमा फेस्टिभ ह्याम स्यान्डविच खाएका थिए तर पाँच वर्षअघि खाएको स्यान्डविचले उनलाई अहिलेसम्म पनि दुःख दिइरहेको छ । ती व्यक्तिले त्यतिबेला खाएको स्यान्डविचले अहिलेसम्म पनि अनियन्त्रित पाद आइरहेको दाबी गरेका छन् ।
टाइरोन प्रेड्स पछिल्लो पाँच वर्षदेखि पीडादायी जीवन व्यतित गरिरहेका छन् । यसका लागि बर्मिङ्घमको एक क्रिसमस मार्केटमा खाएको फेस्टिभ रोल जिम्मेवार रहेको उनी दाबी गर्छन् । स्यान्डविच खाएको केही घण्टापछि नै टाइरोनलाई असाध्यै पेट दुख्यो त्यसपछि उनलाई ज्वरो आयो, झाडा लाग्यो, बान्ता भयो । उनी पाँच हप्तासम्म बेडमा परे । यो नै भयानक अनुभव हो जस्तो लाग्छ तर यो त समस्याका सुरुवात मात्रै थिए । त्यस दिनदेखि ४६ वर्षका ती व्यक्तिलाई नियमित र अनियन्त्रित पाद आइरहने समस्या देखिएको छ । यस्तै, उनको पेट यति धेरै कराउँछ कि उनी थुप्रै पटक मध्य रातमा ब्युझिँनेसमेत गर्छन् ।
तर स्यान्डविच खाएको पाँच वर्षपछि प्रेड्सले उक्त फुड स्टलका मालिकलाई २ लाख पाउन्डको मुद्दा हालेका छन् । उनका वकिलले हालै अदालतलाई दिएको बयान अनुसार उनको सुरुवाती समस्या कम भएपनि उनको निकै अचम्मले कराउने पेटको समस्याका साथै अत्यधिक र अनियन्त्रित रुपमा आउने पाद भने कहिल्यै पनि नियन्त्रणमा नआएको बताए ।
‘लक्षणहरु मुख्यतया थकान, पेट बाउँडिने र अत्यधिक पाद आउनेलगायत छन्,’ वकिलले भने । ‘दाबीकर्ताका अनुसार उनको पेट यति धेरै कराउँछ कि उनको निद्रा नै डिस्टर्ब हुन्छ ।’
टाइरोनका वकिलले थपे, ‘उनको लक्षण जीवन परिवर्तन गर्ने किसिमको छ । अत्यधिक र अनियन्त्रित रुपमा पाद आउने समस्याले उनलाई सार्वजनिक रुपमा बाहिर जान लज्जित बनायो ।’
पाँच वर्षअघि उनले खाएको स्यान्डविचमा साल्मोनेला रहेको विश्वास गरिन्छ । आरोप खेपेको फ्रान्कफर्ट क्रिसमस मार्केट लिमिटेडले भने चक्कुमा इकोली मात्र भेटिएको दाबी गरेको छ । पीडित भनिएका व्यक्तिमा इकोलीको कुनै संक्रमण नदेखिएपछि साल्मोनेला भेटिएको भन्ने आरोपलाई भने पुष्टि नै गर्नुपर्ने कम्पनीले बताएको छ । एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण