सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको आरोपमा पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको नियन्त्रणमा, साढे २२ लाख रुपैयाँ बरामद

मङ्गलबार, १७ साउन २०७९, २० : ११
मङ्गलबार, १७ साउन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । उनले प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपाललाई सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं। १ मनकामना मार्गस्थित अरण्य होटलको कम्पाउण्डबाट नियन्त्रणमा लिइएको हो । 

आयोगको टोलीले निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँसमेत फेला पारेको जनाइएको छ । उनको साथबाट बरामद भएको कुल २२ लाख ५० हजार रुपैयाँसहित उनीमाथि लागेको आरोपका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।​



  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप