कर्णालीका कानुन मन्त्रीको प्रश्न: प्रदेशलाई कुहिरोको काग किन बनाएको ?
कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले प्रदेशलाई कुहिरोको कागजस्तै बनाएको बताएका छन् । उनले प्रदेशलाई अधिकार दिएजस्तो गरेर साँघुरो घेरामा राखेको भन्दै संघ सरकारप्रति आक्रोश पोखेका हुन् ।
बुधबार १० वटै जिल्लाका प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृतहरू उपस्थित कार्यक्रममा उनले संघीय सरकारले प्रदेशको स्पष्ट बाटो देखाइदिनुपर्ने बताए । ‘संघबाट कुनै बाटो देखाउने काम भएन,’ उनले भने, ‘संघीय सरकारलाई म आग्रह गर्दछु, प्रदेश सरकारको प्रहरी कहाँ छ ? संघीय सरकारले भन्नुपर्यो। प्रदेशको प्रहरी छ की छैन ?’
कर्णालीका प्रहरी संरचनाहरू अझै पनि लुम्बिनी प्रदेशमा रहनुको मुख्य दोषी केन्द्र सरकार रहेको कानुन मन्त्री शाहीको टिप्पणी थियो । उनले प्रदेश सरकारको बचाउ गर्दै लुम्बिनीमा रहेका संरचनाहरू कर्णालीका हुन् की लुम्बिनीका हुन संघ सरकारले प्रष्ट पारिदिन आग्रह समेत गरे ।
कर्णालीमा १२३ वटा प्रहरी चौकी रहेका छन् । १० जिल्लामा ५३ वटा अस्थाई प्रहरी चौकी छन् । तर त्यहाँ साधन स्रोतको शून्यता छ । ‘प्रदेश सरकार व्यवस्थापन गर्न तयार छ, तर डीएसपी संघको होकी प्रदेशको ?,’ उनले भने, ‘प्रहरी तालिम केन्द्र कर्णालीमा ल्याउन धेरै परामर्श गरेँ । त्यसको लागि सानो कामका लागि पनि अझै सिंहदरबारको दुलोभित्र छिर्नुपर्छ ।’
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकालले न्यून स्रोत र साधनकाबीच पनि नेपाल प्रहरीले अपराध नियन्त्रणमा उत्कृष्ट काम गर्दै आएको बताए । पछिल्लो समय प्रविधिको प्रयोगसँगै अपराधका प्रकृतिहरू बदलिँदै जानुले नागरिकको सुरक्षामा चुनौती थपिएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण