एआईजी पोखरेल आजदेखि अवकाशमा, राजीनामा स्वीकृत भएन
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण शुक्रबारदेखि उनले अनिवार्य अवकाश पाएका हुन् । आईजीपी नियुक्ती बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका पोखरेल वैशाख १९ बाट प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् । उनले दायर गरेको रिट सर्वोच्च अदाललते असार ३१ मा खारेज गरेको थियो ।
पोखरेलले साउन २ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । तर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राजीनामा अघि बढाएनन् । एआईजीको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । मन्त्रिपरिषद्मा गृह मन्त्रालयले प्रस्ताव लैजानुपर्छ । तर, आईजीपी सिंहले राजीनामा पत्र गृह मन्त्रालयमा पठाएनन् ।
एआईजी पोखरेलको राजीनामा गृह मन्त्रालयमा नआएको गृहमन्त्री बालकृष्ण खाणका स्वकिय सचिव नरेन्द्र केसीले रातोपाटीलाई बताए । केसीले भने, ‘उहाँ अनिवार्य अवकाशमा गैसकेको हुनाले राजीनामा स्वीकृत गनुपर्ने अवस्था आएन, राजीनामा प्रहरी प्रधान कार्यालयबाट मन्त्रालयमा आएको पनि छैन ।’
पोखरेलको अवकाश सँगै नेपाल प्रहरीमा एकजना एआईजीको दरबन्दी रिक्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण