मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु
शुक्रबार, २० साउन २०७९, १९ : ०९
सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१० घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली रहेकी छन् ।
रत्न राजमार्ग अन्तर्गत बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जाकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस अन्तरविरोध : दुवै पक्षका अडान पार्टी जुटाउन कि फुटाउनतिर ?
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
चार सातादेखि मधेसको बजेट अल्झियो, प्रतिपक्षीको अवरोधले ठप्प प्रदेश सभा
-
गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
-
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण