जनताले एमालेको आवश्यकता महसुस गरेका छन् : नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकार संसदीय मूल्य मान्यता अनुरुप चल्न नसकेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले शनिबार घोराहीमा आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले प्रतिपक्ष दल नेकपा एमाले जिम्मेवारी पूर्वक प्रतिपक्ष भूमिका रहे पनि सत्ता पक्षले संसदीय मूल्य मान्यतालाई कुल्चिँदै अराजक बन्दै गइरहेको आरोप लगाए ।
उनले भने–‘सत्ता गठबन्धनले संविधान मान्दैन, कानुन मान्दैन । आफू खुसी मनोमानी काम गरिरहेको छ ।’ नेता नेम्वाङले सत्ता गठबन्धनको यही प्रवृत्तिका कारण मुलुक अस्थिरता तर्फ उन्मुख बन्दै गइरहेको उनले बताए । गठबन्धन सरकारको यही कदमका कारण मुलुकको सत्ता समाल्न नेकपा एमालेको आवश्यकता महसुस जनताले गरेकाले अबको निर्वाचनमा गठबन्धन दलहरु परास्त गर्दै नेकपा एमाले उदय हुने बताए ।
पत्रकार सम्मेलनमा नेता नेम्वाङले सत्ता गठबन्धनले नागरिकता विद्येयक, एमसीसी र एसपीपी लगायतका राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी काम गरिरहेको आरोप उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण