जुत्ताको सोलभित्र बियर, लगाएर हिँड्दा कस्तो होला ?
डच बियर कम्पनी हाइनेकिनले हालै स्निकर डिजाइनर र कस्टमाइजर डोमिनिक सिआम्बोन उर्फ द शू सर्जनसँग मिलेर बियरले भरिएको एक विशेष स्निकर बनाएको छ ।
हाइनेकिनको सबैभन्दा नयाँ उत्पादन, हाइनेकिन सिल्भरको लञ्चको अवसरमा डच ब्रुअरले जुत्ता सर्जनलाई उनीहरुको स्मुद, सजिलै पाउन मिल्ने नयाँ बियरको पहिचानलाई मूर्त रुप दिने जुत्ता बनाउन आग्रह गर्दै आफू भएठाउँ ल्याइदिन पनि भन्यो ।
हाइनेकिक्स नाम दिइएको उक्त जुत्ता कम्पनीको आइकोनिक कलर स्किम – हरियो, सेतो र रातोमा उपलब्ध हुनेछ । यसमा हाइनेकिनको लोगो, बोतल ओपनर पनि राखिएको छ । तर यो अन्य स्निकरभन्दा यसको जुत्ताको सोल हो । यसको पारदर्शी सोलमा बियरलाई स्पष्ट रुपमा देख्न सकिन्छ ।
अडिटीका अनुसार एक विशेष सर्जिकल इन्जेक्सन विधि प्रयोग गरेर डोमिनिक सिम्बोनले पहिलो पटक यस्तो स्निकर बनाएका छन् जसले कुनै पनि व्यक्तिलाई बियरमा हिँड्न अनुमति दिन्छ । हालका लागि यसको आवरण मात्रै नभई यसको सोल हिँड्नका लागि पनि निकै सहज छ । हिँडिराख्दा बियर यताउती छल्किँदा छुट्टै अनुभव हुने पनि बताइएको छ ।
यस्तो खालका ३२ जोडी हाइनाकिक्स बनाइएको छ । तपाईं सिंगापुरमा बस्नुहुन्नँ भने यो तपाईंको पोल्टोमा पर्ने सम्भावना निकै कम छ । सुरुमा सात जोडी जुत्ता बजारमा ल्याइने बताइएको छ । यसको मूल्य अहिले नै निश्चित भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण