पिकअप ट्रक विंगल ५ लन्च
जिडब्लुएम नेपालले पिकअप ट्रक विंगल ५ लन्च गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जिडब्लुएमले डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरकोे थियो । अब नेपालमा उपलब्ध यो पिक–अप विंगल ५ मा १०५ किलोवाट र ३०५एनएम क्षमता प्रदान गर्ने नयाँ २.० लिटर टर्बो–डिजेल इन्जिन छ ।
यस्तै विंगल ५ मा स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सिट, रियर डिफरेंशियल लक, टीपीएमएस र अटो–एयर कन्डिसन रहेको छ। यो २.० लिटर ईन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्लेखनीय कार्य क्षमता प्रस्तुत गर्ने कम्पनीको भनाइ छ।
यसमा अगाडिको भागमा स्टाइलिश ग्रिल डिजाइन भएको डीआरएल छ भने बाह्य साइड मिररहरूमा टर्न इन्डिकेटर जस्ता सुविधाहरू पनि समावेश गरिएको छ । पिकअप ट्रक विंगल ५ को मूल्य नेपाली बजारका लागि रु ५२ लाख ४९ हजार तोकिएको छ ।
भि.जि ईम्पेक्स प्रा. लिमिटेड (जि.डब्लु.एम नेपाल) नेपालको लागि जि.डब्लु.एम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता र वितरक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण