प्रचण्ड जापानबाट फर्किएपछि माओवादीले दल दर्ता गर्ने
मङ्गलबार, २४ साउन २०७९, १० : ४६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।
प्रचण्ड साउन २६ गते स्वदेश फर्किने कार्यतालिका भएकाले त्यसपछि मात्रै दल दर्ताको प्रक्रियामा जाने स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरिसकेको छ । अध्यक्ष प्रचण्ड कमरेड जापान हुनुहुन्छ । उहाँ फर्किएपछि आयोगमा दल दर्ता गर्न जान्छौ’ पोखरेलले भने ।
दल दर्ता गर्न पार्टी अध्यक्षको हस्ताक्षर चाहिने भएकाले माओवादीले प्रचण्ड फर्किएपछि मात्रै आयोग जाने भएको हो । अरु दलहरु आयोगको निर्धारित कार्यतालिका बमोजिम दल दर्ता गरिरहेका छन् । प्रदेश र प्रतिनिधि सभा चुनाव मंसिर ४ गतेका लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण