नर्भिकले भन्यो– तत्काल टहरा भत्काउन सकिँदैन
मङ्गलबार, २४ साउन २०७९, १२ : ४३
नर्भिक इन्टरनेसनल हस्पिटलले काठमाडौं महानगरको निर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसकिने जनाएको छ । नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आज पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन् ।
२०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भइ उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेको हुँदा २४ घण्टाभित्र खाली गर्न नसकिने उनले जानकारी गराएका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो । आज २ बजेसम्मको अल्टिमेटम दिँदै महानगरले अन्यथा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण