चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने
बिहीबार, २६ साउन २०७९, ०६ : ०१
तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल(चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण