चुनावी गठबन्धनका लागि दलहरूलाई पत्र पठाउँदै त्रिपाठी
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले चुनावी गठबन्धनका लागि प्रस्ताव गर्दै विभिन्न दललाई पत्र पठाउने भएका छन् । जनता प्रगतिशील पार्टीले पहिलो चरणमा महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल र सिके राउत अध्यक्ष जनमत पार्टीलाई पत्र पठाउने तयारी गरेको हो ।
जनता प्रगतिशील पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवका अनुसार पत्र तयारी भइरहेको र भोलि वा पर्सीसम्म सम्बन्धित पार्टी कार्यालयमा पुर्‍याइने छ । ‘मधेसमा दलहरू मिल्नुको विकल्प छैन, मधेसमा रहेका दलहरू मिले मात्र मधेसको माग र मुद्दाहरू पुरा हुनसक्छ’ भन्ने आग्रहसहित गठबन्धनका लागि पत्र पठाउने तयारी भइरहेको उपाध्यक्ष यादवले बताए ।
जनता प्रगतिशील पार्टीले एक चरण लोसपासँग अनौपचारिक छलफल गरिसकेको छ । गठबन्धनका लागि लोसपा सकारात्मक रहेको सो पार्टीका एक नेताले बताए । उता लोसपाले पाँच दलीय गठबन्धनमा जानका लागि पनि छलफल गरिरहेको छ ।
सो गठबन्धनमा गए पनि एउटा बाहिर पनि गठबन्धन बनाउने लोसपाले भनेको छ । पाँच दलीय गठबन्धनमा गएपछि त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी लगायतसँग पनि गठबन्धन बनाउने सोच लोसपाको रहेको छ ।
वार्ता समितिका संयोजक समेत रहेका जनता प्रगतिशील पार्टीका उपाध्यक्ष यादवले भने, ‘छलफलका लागि जसपालाई पनि मौखिक खबर पठाएका छौँ । तर अहिलेसम्म कुनै त्यस्तो प्रतिक्रिया आएको छैन । अब दलहरूलाई लिखित रूपमा नै पत्र पठाउन लागेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
