सातामा प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
गत साताको शुक्रबारको तुलनामा यो साता सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो साताको शुक्रबारको तुलनामा यो साता सुनचाँदीकै मूल्य बढेको जनाएको हो ।
महासंघका अनुसार गत शुक्रबारदेखि यो शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।
जुन, तोलामा ५०० रुपैयाँ बढेर यो साताको शुक्रबारसम्म आइपुग्दा ९७ हजार ३०० रुपैयाँ पुगेको हो । यस्तै, हिजो शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, गत साताको शुक्रबार तोलामा १ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य हिजोसम्म आइपुग्दा ५ रुपैयाँ बढेको छ । महासंघले यो साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण