समाजका सबै पक्ष मिल्दा मात्र विकास सम्भव छ : मन्त्री चौधरी
सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्बृद्धि चाहने हो भने समाजका सबै पक्ष मिल्नुपर्ने धारणा राखेका छन् ।
शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’
‘विपि स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ ।’ मन्त्री चौधरीले थपे । दाङ देउखुरीले अब मुहार फेर्ने धारणा राखेका सहरी मन्त्री चौधरीले देउखुरीबाट स्वर्गद्वारी जोड्ने केबुलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्ध सहित राप्ती कोरिडोर निर्माण जस्ता महत्वपूर्ण परियोजना सुरु गरिने जनाए ।
मन्त्री चौधरीले उनकै पलमा निर्माण भएको दलित सचेतना अभियान लमहीको भवन उद्घाटन, २० करोडको लागतमा बन्न लागेको लमही बहुउद्देश्यीय भवनको शिलान्यास गरेका थिए भने थारु कल्याणकारिणी सभा देउखुरी, नेपाल नेत्र ज्योती संघ, उद्यमी महिला बचत तथा ऋण सहकारी लगायत विभिन्न संघ संस्थाहरुले सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण