८५ थान अवैध सालको चिरान काठ नियन्त्रणमा
मङ्गलबार, ३१ साउन २०७९, ०७ : २२
डिभिजन वन कार्यालय बाराले ८५ थान सालको चिरान काठ बरामत गरेको छ । जीतपुरसिमरा उपमहानगर १६ स्थित मगर टोलबाट अवैध रुपमा लुकाई राखेको चिरान काठ वनको गस्ती टोलीले सोमबार नियन्त्रणमा लिएको डिभिजन वन अधिकृत विनोद सिंहले जनाएका छन् ।
विशेष सूचनाका आधारमा प्रहरी, वन कर्मचारी तथा सशस्त्र वन सुरक्षाकर्मीको टोलीले ८५ थान करिव ६४ क्यूफिट सालको चिरान काठ बरामत गरेको हो । सो काठ हालको बजार मुल्यमा ३ लाख ५० भन्दा पर्ने वन कार्यालयले जनाएको छ ।
२ दिनअघि वनको गस्ती टोलीले सोही क्षेत्रबाट ३ वटा सालको गोलिया र १ थान मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण