९० किलो गाँजासहित एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा
मङ्गलबार, ३१ साउन २०७९, ०८ : ०१
लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाँजासहित ईलाका प्रहरी कार्यलय लहानमा राखिएको डीएसपी मैनालीले बताए ।
पूर्व पश्चिम लोकमार्गमा पूर्व जाँदै गरेको एम्बुलेन्सलाई लहानबाट पक्राउ गरिएको हाे । घटनाबारे चालकसँग सोधपुछको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल