राष्ट्रपतिद्वारा अन्नपूर्ण केबलकारको अवलोकन
मङ्गलबार, ३१ साउन २०७९, ०८ : २५
राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा स्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार उनी पोखरा पुगेर अन्नपूर्ण केबलकारको अवलोकन गरेकी हुन्।
'राष्ट्रपति केबलकारबाट सराङकोटसम्म पुग्नुभयो,' अन्नपूर्ण केबल कारका प्रबन्ध निर्देशक दिनेश पौडेलले भने, 'माथिबाट उहाँले हिमालको अवलोकन गर्नुका साथै पोखराका बारेमा पनि जानकारी लिनुभयो।' पोखराको सेती बगरमा रहेको स्टेसनबाट सराङकोटसम्म पुग्न सकिने यस केबलकारमा राष्ट्रपति भण्डारीसँगै पोखराका मेयर धनराज आचार्यलगायतका व्यक्तित्वको पनि सहभागिता थियो।
सराङकोटमा पोखराका मेयर आचार्य, केबल कारका प्रबन्ध निर्देशकलगायतले केबलकार, त्यस वरपरका मनोरम हिमाललगायतका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण