‘बाबरी’ टिजर : अदितिका लागि दुई धिरजको लडाइँ
१४ असोजमा प्रदर्शनमा आउने फिल्म हो ‘बाबरी’ । ३१ भदौमा प्रदर्शनको तयारीमा रहेको यो फिल्मले हालै रिलिज मिति परिवर्तन गरेको हो । रिलिज मिति परिवर्तन गरेपनि फिल्मले प्रचार प्रसार भने गरिरहेको छ ।
यस्तैमा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा दुई युवक एक युवतीको प्रेममा डुबेपछि आउने उतार–चढावलाई समेटेको छ । टे«लरमा अभिनेत्री अदिति बुढाथोकीको माया पाउन धीरज मगर र धीरज नाडकरले गरेको संघर्ष समेत समेटिएको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा दुई धिरज र अदितीका अलावा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङ लगायतको पनि अभिनय छ ।
धीरज नाडकरले यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुस्मा गुरुङ छिन् ।
सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईँ र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा फिल्म खिचिएको हो । फिल्मको ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण