‘प्रेमगञ्ज’ लाई प्रिमियर मिश्रित प्रतिक्रिया
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगञ्ज’ प्रिमियर गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
प्रिमिएरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । परिच्छेद सेनले निर्देशन गरेको फिल्मले विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई विषय बनाएको छ । फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायत कलाकारको अभिनय छ । यो फिल्मबाट तेज गिरीले अभिनेताको रुपमा डेब्यु गरेका हुन् । तेज पेसाले बैंकर हुन् ।
फिल्ममा स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण