जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै
जुम्लामा उत्पादन हुने अर्गानिक तरकारी निर्यातको लागि संकलन गर्न थालिएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषिजन्य बस्तु संकलन गरिएको हो । पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, खुर्सानी, काउली र गोलभेँडा उत्पादन हुने गरेको छ।
कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा क्विन्टल गरी १२ लाख बराबरको कारोबार गरिएको छ ।
आलु खेती उत्पादन घट्दो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन बढाउनका लागि आईपीएम विधिमार्फत आलु बाली कृषक पाठशाला संचालन गरिएको छ । उन्नत प्रविधि र परम्परागत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुबै गरी पाँच सय वर्ग मिटरमा आलु खेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने, 'पाठशाला पेस नेपालको समर्थनमा निर्माण भएको सुधार सिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो ।'
पाठशालाको अन्तमा उन्नत प्रविधिबाट ६ क्विन्टल र परम्परागत प्रविधिमार्फत ४ क्विन्टल आलु उत्पादन भएको हो । यो कृषक पाठशाला कनकासुन्दरी गाउँपालिका ७ रोकायावाडामा सञ्चालित छ । किसानले पाठशालामा रोगकिराबाट कसरी जोगाउने भन्ने बारेमा खेतबारीमै नै सिक्न पाएका छन् । स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादी बारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण