‘माइकल अधिकारी’ को प्रिमिएरमा नेतादेखि कलाकारसम्मको भिड (तस्बिरहरु)
फिल्म ‘माइकल अधिकारी’ को प्रिमिएर गरिएको छ । बुधबार गोपीकृष्ण मुभिज चावहिलमा गरिएको प्रिमिएरमा फिल्म हेर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. भोला रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शिव श्रेष्ठ, गायक आनन्द कार्की, लोक गायक रमेश प्रसाई, अभिनेत्री तथा नेतृ रेखा थापा, अभिनेता रमेश उप्रेती लगायत राजनीतिक दलका नेता, कलाकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
प्रिमिएरमा सहभागी अधिकाम्सले फिल्म मनपरेको प्रतिक्रिया दिए । कतिपयले फिल्मले उठाएको कथा राम्रो लागेको बताउँदा केहीले कलाकारको अभिनय उत्कृस्ट रहेको धारणा राखे । रञ्जित रौनियारको निर्देशन ‘माइकल अधिकारी’ उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्माण गरेका हुन् । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म सेरोगेसीको कथामा बनको हो । फिल्म शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण