भरतमोहन अधिकारी फाउण्डेसनद्वारा ज्येष्ठ नागरिकलाई मोबाइल वितरण
भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ ।
प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षामा सहभागी सबैलाई एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ ।
बुधबार बुङमतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ज्येष्ठ नागरिकलाई मोबाइल हस्तान्तरण गरे । प्रतिष्ठानले अधिकारीको ८६ औं जन्मजयन्तीका अवसरमा गत वर्ष एक वर्षे ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने घोषणा गरेको थियो ।
समयसीमाभित्रै उक्त लक्ष्य हासिल भएको प्रतिष्ठानकी सदस्य एवं दिवंगत वामपन्थी नेता अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् । ज्येष्ठ नागरिकलाई आफन्त, साथीभाई र सन्तानसँग कुराकानी गर्न सहज होस भन्नका लागि मोबाइल वितरण गरिएको अधिकारीले बताइन् ।
प्रतिष्ठानले प्रदेश–१ को विराटनगरमा पनि यस्तै प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमलाई सातवटै प्रदेशमार्फत देशभर विस्तार गरिने प्रतिष्ठानकी अध्यक्ष एवं भरतमोहनकी धर्मपत्नी सविता अधिकारीले जानकारी दिइन् ।
तत्कालीन एमाले नेतृत्वको अल्पमत सरकारका अर्थमन्त्री छँदा अधिकारीले ‘आफ्नो गाऊँ आफैं बनाऔं, गाउँगाउँमा सहकारी, घरघरमा भकारी, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमको थालनी गरेका थिए । सोही कार्यका कारण दिवंगत भएपछि पनि ज्येष्ठ नागरिकका बीचमा अधिकारी लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण