प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला हुँदै
बिहीबार, ०२ भदौ २०७९, ११ : ३६
प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ ।
लगानीकर्ताले १४० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरूले १७ भदौसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैक लिमिटेड नक्साल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण